Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १२ : २९ मा प्रकाशित

लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँड

लुम्बिनी विकास बैंक लिमिटेडले यही जेठ १६ गतेदेखि २५ गतेसम्म बिक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ ३२ गते ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले रू १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा बिक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी ३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको छ ।

बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो । 

बैंकले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको