Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले पायो ऋणपत्र निष्कासन अनुमति

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १२ : ५२ मा प्रकाशित

लुम्बिनी विकास बैंकले पायो ऋणपत्र निष्कासन अनुमति

लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । 

कुल कित्तामध्ये कम्पनीले ४० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘एलबिबिएल डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको