पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा असार ४ गते हुँदैछ । कम्पनीकाे साधारण सभामा सर्वसाधारण शेयरधनीकाे तर्फबाट २ जना सञ्चालककाे निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि तोकिएको मितिभित्र ३ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । दर्ता हुन आएका उम्मेदवारमध्ये कृष्ण प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
जस अनुसार अब २ जना मात्रै उम्मेद्वार मात्रै बाँकी रहेका छन् । त्यसैले, केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विराेध निर्वाचित भएका छन् । भण्डारी कामना सेवा विकास बैंकका पूर्व सञ्चालक र माहुली लघुवित्तका पूर्व स्वतन्त्र सञ्चालक हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस