Like us!
Follow us!
Connect us!
Watch us!

असार २४ भित्रै एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी सनराइज बैंक

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १४ : १७ मा प्रकाशित

असार २४ भित्रै एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी सनराइज बैंक

लक्ष्मी बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आज (आइतबार) अग्रवाल भवनमा सभा सम्पन्न भएको हो । सभाले आज लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गरेको छ। 

त्यस्तै, लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच गाभ्ने/गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ता एनबीएसएम एण्ड एसोसियट्सबाट प्राप्त दुवै संस्थाको सम्पति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)को आधारमा १ः१ कित्ता सेयर प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साथै, मर्जर प्रायोजनका लागि सम्पन्न भएका अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ । मर्जरपश्चात् यी दुई बैंकको कारोबार लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट सुरु हुनेछ । 

साथै मर्जरमा जाने कार्य सम्पन्न भएपश्चात परिवर्तन हुने सेयर पूँजी अनुकुल बैंकको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित भएको छ । यी दुई बैंकले आउँदो असार २४ गतेबाट अनुमानित एकीकृत कारोबार सुरु गर्ने भएको छ । 

Photo By: Sujeep Bajracharya

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको