Like us!
Follow us!
Connect us!
Watch us!

बजारले २१ महिनाको बियरिस चरण पार गरी बुलिस चरणमा प्रवेश गरेको छ : काका

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १४ : ५५ मा प्रकाशित

सेयर विश्लेषक केशव कोइराला (काका) ले २१ औँ महिनामा बटम लागेको बजारले अर्काे बुलको यात्रामा प्रवेश गरेकोे बताएका छन् । वि.सं २०८० लाई लगानी वर्ष घोषणा गरेका उनले अर्थ संसारमा प्रसारण हुने "काकाकाे लगानी वर्ष २०८०" मा बाेल्दै बजारले २१ महिनाको बियरिस चरण पार गरेर बुलिस चरणमा प्रवेश गरेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामीले सेयर बजारले १८०० काे विन्दुलाई छुँदा सेयर किन्ने भनेर हामीले भनेका थियौँ । नभन्दै  बजार १८०७ मा पुगेर बढ्यो । यो भन्दा अगाडी २०७९ असारमा बजार १८०७ विन्दुमा आएको थियो । अहिले २०८० जेठ १ गते बजार १८०७ देखि १८५० को बीचमा  रहेर बजार माथि बढ्न सक्यो । अब बजारले २१ औँ महिनामा आएर बटम लगाएर अर्काे बुलको यात्रामा प्रवेश गरेको हाेकी भन्ने अनुभव भएको छ । बजारले २१ महिनाकाे बियरिस चरण पार गरेर बुलिस चरणमा प्रवेश गरेको हो ।’

२० महिनाको बुल २१ महिनाको बियरिसले ४१ महिनामै बुल र बियरिसको चक्र पुरा भएको उनले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको