प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले हालै बजार बुलिस भएका कारण बजारमा धेरै भ्रम फैलिएको बताएका छन् । अर्थ संसारको कार्यक्रम ‘मार्केट प्रेस्क्रिप्सन’ मा बोल्दै उनले बुलिस बजारमा चनाखो हुुनुपर्ने बताउँदै यदि बजारबाट एक्जिट नभएको अवस्थामा स्वीच गर्नु एकदमै उचित हुने बताएका हुन् ।
उनले भने, ‘बियरिस मार्केट भनेको तनाव लिने काम हो भन्ने धेरै सुनियो तर, यो भ्रम हो । यथार्थ बियरिस मार्केटमा हामी चनाखो हुनुपर्छ । यदि तपाईँ मार्केटबाट एक्जिट हुनुभएको छैन भने त्यो टाइम तपाईँको स्वीच गर्ने बेस्ट टाइम हो । स्ट्रोङ कम्पनीहरु पनि बियरिस मार्केटमा बच्दैनन् त्यसैले राम्रा कम्पनीहरू पनि धेरै तल झरेका हुन्छन् ।’
मार्केटले सधैँ फ्युचरलाई रेस्पाेन्स गर्ने कुरा हरेक लगानीकर्ताहरूले स्विकार्नु पर्ने उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस