माछापुच्छ्रे बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
साथै, बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस