कुमारी बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।
बैंकले “केबिएलएम डिबेञ्चर २०९०” काे नाममा वार्षिक १० प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ५ अर्ब रूपैयाँ बराबरकाे ५० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।
बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस