Like us!
Follow us!
Connect us!
Watch us!

चाैतर्फी दबाबपछि अर्थ समितिले दियो ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन निर्देशन

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, ११ : २४ मा प्रकाशित

चाैतर्फी दबाबपछि अर्थ समितिले दियो ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन निर्देशन

लामो विरोध र चौतर्फी दबाबपछि अर्थ समितिले ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । आज मंगलबार बसेको अर्थ समितिको बैठकले ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको हो ।

प्रतिनिधि सभाको अर्थ समितिले जेठ २९ गते नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियाे ।  संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि यो प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको