Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्स रोके आन्दोलनमा उत्रिने ३ लगानीकर्ता संगठनको चेतावनी

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १३ : ५८ मा प्रकाशित

ब्रोकर लाइसेन्स रोके आन्दोलनमा उत्रिने ३ लगानीकर्ता संगठनको चेतावनी

लगानीकर्ताहरूका ३ वटा संगठनहरूले कुनै पनि माध्यमबाट ब्राेकर लाइसेन्स राेके आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै चेतावनी दिएका हुन् ।

धितोपत्र बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न सम्पूर्ण लगानीकर्ताको तर्फबाट आग्रह गरिएकाे छ । यो वा त्यो बहानामा कहीँ कतैबाट रोक्न नहुने र रोकिएमा ५२ लाख लगानीकर्ताहरू आन्दोलित हुन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

जिम्मेवार निकायहरूको भनाई र गराईमा स्पष्ट फरक देखिएकाे लगानीकर्ताहरूकाे तर्क छ ।  "मुलुकले दशकौंको राजनीतिक अन्योललाई पार गर्दै अवका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने गठबन्धन सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको सेयर बजारमा उत्साहमा कमी आउनुले जिम्मेवार निकायहरूको भनाई र गराईमा स्पष्ट फरक देखिन्छ ।", विज्ञप्तिमा उल्लेख छ । 

ब्रोकर लाइसेन्सको मस्यौदा रोक्न ‘गृहमन्त्री’ नै सक्रिय रहेको खुलासा !

विगत केही समयदेखि विभिन्न चरणमा काम हुँदै अगाडि बढिरहेको पुँजीबजार विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने तीन तहको नयाँ ब्रोकर थप गर्ने सम्बन्धमा धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रीपरिषद्‌मा पुगिसकेको अवस्थामा मन्त्रीपरिषद्मा रहेका जिम्मेवार पदाधिकारीबाट सिन्डिकेट प्रथालाई नै निरन्तरता दिने खालका गतिविधि हुन आएको भन्ने बुझिएकोले उक्त प्रक्रिया अगाडी बढ्न नदिन विभिन्न खालका ढिलासुस्ति गरी रोकिएको अवस्थामा ५२ लाख आम लगानीकर्ताहरूको ध्यानाकर्षण जनाइएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, "खरबौँ पुँजी भएको पुँजी बजारलाई सिमित ब्रोकरहरूबाट लामो समयदेखि सिन्डिकेटको वातावरण तयार गरी बजार विकास र विस्तारमा अवरोध गर्ने कार्य भईरहेको हुनाले नेपाल धितोपत्र बोर्डबाट पास भई मन्त्रीपरिषद्बाट पास हुने उक्त संशोधित "धितोपत्र व्यवसायी नियमावली २०६४" ढिलासुस्ति भएकोमा सम्पूर्ण लगानीकर्ताहरूमा संशय उत्पन्न भएको छ । विभिन्न मुलुकहरू जस्तैः भारत, सिंगापुर, बंगलादेश, श्रीलंका, अमेरिका लगायत विश्वभर प्रचलनमा रहेको FREE ENTRY / FREE EXIT को व्यवस्था रहि आएको सन्दर्भमा नेपालमा सिमित ब्रोकर राखी कारोबार भईरहेकोले उक्त धितोपत्र बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न हामि सम्पूर्ण लगानीकर्ताको तर्फबाट आग्रह गर्दछौं यो वा त्यो बहानामा कहिँ कतैबाट रोक्न नहुने र रोकिएमा ५२ लाख लगानीकर्ताहरू आन्दोलित हुन बाध्य हुने व्यहोरा नेपाल सरकार, धितोपत्र बोर्ड समक्ष जानकारी गराउन चाहन्छौं ।"

विज्ञप्ति हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको