Like us!
Follow us!
Connect us!
Watch us!

बैंकलाई ब्रोकर लाइसेन्स कहिले ? यसो भन्छन् बोर्ड अध्यक्ष हमाल

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १३ : १८ मा प्रकाशित

बैंकलाई ब्रोकर लाइसेन्स कहिले ? यसो भन्छन् बोर्ड अध्यक्ष हमाल

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन भइरहेकाे बताएका छन् ।

सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले कुनैपनि उचित निर्णय लिनकाे लागि हतारमा भन्दा पनि राम्ररी अध्ययन गर्नुपर्ने भएकाले आफूहरूलाई थोरै समय दिन आग्रह गरेका छन् । 

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि दुई वटा भनाईहरू रहेको उनी बताउँछन् । एउटा पक्षले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा लगानीकर्ताहरूको राम्रो पहुँच पुग्ने बताइरहँदा अर्को पक्षले सबै काम बैंकहरूले नै गरेमा अन्य संस्थाहरूले के गर्ने भन्ने बहस चलेको उनले बताए ।

बुक बिल्डिङबारे अब कम्प्लेन आउँदैन : रमेश कुमार हमाल

अहिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सबै तहहरूमा छलफल भइरहेकाे र एउटा माेडालिटी बनिरहेकाे जानकारी उनले दिएका छन् । भइरहेका ब्राेकरहरूलाई कसरी क्यापेबल बनाउने र कुन माेडलबाट निर्णय लिँदा सबैलाई समान अवसर हुन्छ त्यही माेडल छनाेट गर्ने बताए ।

सेयर बजारकाे हितका लागि के गर्दा राम्राे हुन्छ त्यही गर्ने उनले बताए । त्यस्तै, याे निर्णय सेबाेन एक्लैले गरेर नहुने बताउँदै उनले नेप्सेबाट पनि निर्णय लिनुपर्ने बताए ।

त्यसैगरी, साेही कार्यक्रममा कुराकानी गर्दै उनले अब आफ्नो कार्यकाल भरी बुक बिल्डिङ विधिबारे कम्प्लेन गर्नुपर्ने अवस्था नआउने बताएका छन् । उनले बुक बिल्डिङ विधिकाे सबै नियमहरू अध्ययन गरेर राम्ररी बनाइएकाे हुनाले यसलाई खासै परिमार्जन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउँछौ : बाेर्ड अध्यक्ष, हमाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको