Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व विभागले भन्यो– घरजग्गाको कारोबारमा प्राकृति व्यक्तिले तिर्ने लाभकर नै अन्तिम कर हुने

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १७ : ४४ मा प्रकाशित

राजस्व विभागले भन्यो– घरजग्गाको कारोबारमा प्राकृति व्यक्तिले तिर्ने लाभकर नै अन्तिम कर हुने

आन्तरिक राजस्व विभागले घरजग्गामा प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ । विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै उक्त विषयमा स्पष्ट पारेको हो । 

प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको विभागले पत्र मार्फत महासंघलाई भनेको छ । त्यस्ता प्रकारका कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने विभागले बताएको छ ।

अर्थमन्त्री डा. प्रकशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरको आर्थिक विधेयकमा प्राकृति व्यत्तिले धितोपत्र र जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्दा हुने लाभको आय विवरण पेश गरेको छैन भने आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्कको आय विवरण पेश गरी कर दाखिला गर्दा लाग्ने करको ५० प्रतिशत छुट दिने बताएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको