Like us!
Follow us!
Connect us!
Watch us!

संसद विघटनको संकेत !

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १० : ५७ मा प्रकाशित

संसद विघटनको संकेत !

सोमबार सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर समाजवादी मोर्चाको घोषणा गरे । उक्त मोर्चामा पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) रहेको छ । संयुक्त रूपमा बनाएको मोर्चाले वाम–समाजवादी शक्ति ध्रुवीकरणको प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

तर, सोहि दिन नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले नेपालको अहिलेको राजनीतिक अवस्था ठीक नभएको बताए । नेपाल ट्रेड युनियनको सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताए ।

उनले अहिलेको अवस्थामा यस्तै भइरहने हो भने ५८ सालको अवस्था र ५९ सालको प्रारम्भको दिनहरुमा पुग्ने चेतावनी दिए । उनले सिधै संसद विघटनको संकेत गरे । मोर्चा बन्दी भएकै दिन कांग्रेस नेताको उक्त भनाई किन आयो ? भन्ने प्रश्न यहाँ तेर्सिन्छ । यस्तो अभिव्यक्तिले मुलुकमा केहि ठूलो परिवर्तन हुने बुझ्न र आँकलन गर्न सकिन्छ ।   

‘नेपालको आजको राजनीतिक अवस्था यस्तै अवस्थाको निरन्तरता हुने हो भने हामीले सोचेको गन्तव्यतिर पुग्ने हैन झन्डै ५८ साल र ५९ सालको प्रारम्भको दिनहरु दिनहरु आउँदैन भन्न सकिँदैन,’ सिटौलाले भने ।’ 

२०५९ को प्रारम्भमा तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संसद विघटन गरेका थिए । २०५९ जेठ ८ गते विघटन भएको संसद पुनःस्थापनाका लागि दलहरुले लामो समय संघर्ष गर्नुपरेको थियो । १९ दिनसम्म चलेको आन्दोलनपछि ०६३ वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना भयो । निर्वाचनयता पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका सिटौलाले देशलाई व्यवस्थापन दिनुपर्ने समेत बताए । 

कांग्रेसद्वारा समर्थन प्राप्त प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सकरार भएको अवस्थामा कांग्रेसकै नेताबाट यस्तो टिप्पणी आउनुले थूप्रै प्रश्नहरु खडा गरेको छ । उता नेपाली कांग्रेसका सभापति शेर बहादूर देउवा अहिले सिंगापुरमा छन् । उनी नेपाल फर्के लगत्तै सरकार ढल्ने सक्ने आँकलन भइरहेको छ । समाजवादी मोर्चा गठन भएसँगै कांग्रेसपनि यसबाट रुष्ट देखिएको छ । तर, निरन्तर सरकार बनाउनु र ढाल्नुले मात्र देशलाई निकास नदिने देखियो । मोर्चा बनाएर ५४ सिट एकीकृत भएको छ । यसले संसदमा निकै प्रभावशाली भूमिका खेल्न सक्छ । उनीहरुले संसदमा कसैको बहुमत नपुग्ने हिसाबले कसरत थालेका छन् । संसदमा कसैको बहुमत नपेगेको खण्डमा संसद स्वतः विघटन भइ निर्वाचनको प्रक्रियाले स्थान पाउने देखिन्छ । यसका कारण नै ठूलो परिवर्तन गरि व्यवस्थालाई नै उल्ट्याउने प्रयास भइरहेको त होइन् भन्ने सिटौलाको चेतावनीबाट बुझ्न सकिन्छ । 

अहिलेको समिकरणले नै यस्तो प्रश्न खडा गरिदिएको छ । सोहि विषयलाई मध्येनजर गरि बामपन्थीहरु एक ठाँउमा उभिएको विश्लेषकहरुको तर्क छ । के नेपाली राजनीतिमा नयाँ तरंग त आउने छैन् भन्ने विषयले स्थान पाएको छ । अब हुने राजनीतिले नयाँ समिकरण कि अहिलेको व्यवस्था नै ढल्ने त होइन् भन्ने प्रश्नपनि जन्मिएको छ । व्यवस्थामाथि आँच आएको त होइन्? नेता सिटौलाले गरेको संकेतले यही नै बुझिन्छ । सिटौला गणतन्त्र संस्थापकका रुपमा पनि चिनिन्छ ।

उनले विगतमा थुप्रै स्थानहरुमा मध्यस्तर भइ देशलाई निकास दिने पात्रका रुपमा चिनिन्छ । उनी भारतसित सन्तुलन मिलाउन माहिर मानिन्छ । ६२–६३ को जनआन्दोलनपछि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझौतामा उनको भूमिका निकै महत्वपूर्ण थियो । उनको अहिलेको अभिव्यक्तिले पनि ठूलो परिवर्तन हुने संकेत गरेको छ । अबको राजनीति कतातिर जान्छ त्यो समयसँगै स्पष्ट हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको