Like us!
Follow us!
Connect us!
Watch us!

आधी रातमा पाकिस्तानको संसद विघटन

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १० : ४२ मा प्रकाशित

आधी रातमा पाकिस्तानको संसद विघटन

पाकिस्तानको संसद विघटन भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाबाज शरिफ नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका हुन् ।

यसका साथै पाकिस्तानमा शाहबाज सरिफको सत्ताको अन्त्य भएको छ । संसद विघटन भएसँगै त्यहाँ चूनावका लागि बाटो खोलिएको छ । पाकिस्तानका संसादहरुको कार्याकाल यही अगस्त १२ को समाप्त हुने थियो । शाहबाज सरिफसमक्ष नयाँ चूनावमा जान बाध्यता थियो । अब भने शरिफले संसद भंग गरेसँगै चूनावको बाटो खोलेको हो ।

त्यहाँका निर्वाचन आयोगलाई संसद भंग भएको ९० दिन भित्र चूनाव गराउनुपर्ने काननु बाध्यता आइलागेको छ । संसद भंग गर्नु अगाडि प्रधानमन्त्री शरिफले सांसदहरुलाई जानकारी समेत दिएका थिए कि उनी अब संसद भंग गर्न लागेका हुन् । साथै उनले प्रधानमन्त्री चयनका लागि विपक्षीहरुसँग वार्ता गर्ने भएका छन् । 

यस पटक पाकिस्तानको माहोल तताएका निर्वतमान प्रधानमन्त्री इमरान खान माथि सबैको आँखा छ । उनी यस पटक चूनाव लड्ने वा नलड्ने विषयमा सबैको ध्यान केन्द्रित छ ।-Photo Source: Agency 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको