Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, ०७ : ३३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ । विद्यमान सेयरधनीहरुका लागि ३५ दिनको अवधि राखेर आवेदन माग गर्दा पनि आवेदन नपरे पछि उक्त सेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखिएको हो । 

उक्त सेयरमा सबैले आवेदन दिन सकिने बैंकले जनाएको छ । यसका लागि ७ दिन भित्र शिलबन्दी बोलपत्र मार्फत आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य पनि तोकिएको छैन भने सेयर संख्या पनि उल्लेखगरिएको छैन । उक्त सेयर सम्बन्धी विस्तृत जानकारी बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको