सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि परिषद् सचिवालयले बैठकको समय तय गरेको हो ।
परिषद् सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार बैठक आज अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजना हुनेछ । बैठकको मुख्य विषय सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने रहने जनाइएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।
सर्वोच्च अदालतको नेतृत्व रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन परिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ । परिषद्को सिफारिसपछि संवैधानिक प्रक्रियाअनुसार नियुक्तिको बाँकी प्रक्रिया अघि बढ्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस