Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, ०९ : ०३ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ४:३० बजे सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। नयाँ सरकार गठनपछि तीव्र रूपमा अघि बढाइएका नीतिगत कार्यक्रम, शासकीय सुधार तथा विभिन्न क्षेत्रका प्राथमिकताबारे छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

सरकारको १०० दिने कार्यसूची कार्यान्वयन, आर्थिक तथा प्रशासनिक सुधार, साथै विभिन्न मन्त्रालयका प्रगतिसम्बन्धी समीक्षा बैठकको मुख्य विषय बन्न सक्ने अनुमान गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको