Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १५ : ३० मा प्रकाशित

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ ।

एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३।६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७।१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ ।

गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९।० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ । सन् २०२३ को अन्त सम्ममा एकल–अङ्कको तथ्याङ्कमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ ।-सिन्ह्वा/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको