स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नामा रहेको सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ज्ञानेन्द्र प्रसाद पाण्डेको नामा रहेको ९ सय ३६ कित्ता संस्थापक सेयर बिकैी गर्ने लागेको हो । यो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको (आज) को मिति असार ८ गतेबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडामा सेयर खरिद कित्ता खुलाइ आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएको खण्डमा प्रचलित कानून बमोजि अन्य बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस