Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा र समृद्धि फाइनान्सको मर्जर पूरा, आजदेखि एकीकृत कारोबार सुरु

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १० : ३१ मा प्रकाशित

पोखरा र समृद्धि फाइनान्सको मर्जर पूरा, आजदेखि एकीकृत कारोबार सुरु

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको मर्जर प्रक्रिया पूरा भई आजदेखि एकीकृत कारोबार सुरु भएको छ। नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति पाएपछि दुवै संस्थाले ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट कारोबार अघि बढाएका हुन्।

मर्जरसँगै समृद्धि फाइनान्सका सम्पूर्ण सम्पत्ति, दायित्व, कर्जा, निक्षेप तथा अन्य कानुनी जिम्मेवारी अब पोखरा फाइनान्सले नै वहन गर्नेछ। संयुक्त संस्थाको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित कार्यालयबाट सञ्चालन हुनेछ।

यता, मर्जर कार्यान्वयनसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै संस्थाको सेयर कारोबार अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको