अर्थ संसार, काठमाडौं– राजधानीका गहना पसलमा यतिखेर तिहारको रौनक देख्न सकिन्छ । न्युरोड, विशाल बजार, इन्द्रचोकलगायतका स्थानमा रहेका सुनचाँदी पसल यतिखेर दुलहीझैं सिंगारिएका छन् ।
फूल, माला, ध्वजा पताकाले पसलहरु चिटिक्क पारिएका छन् । सुनचाँदी पसलहरुबीच कसले राम्रो पारेर सिंगार्ने भनेर एक प्रकारको प्रतिस्पर्धाजस्तै देखिएको छ ।
धन्यधान्यकी देवीको पूजा गरिने तिहारमा सुनचाँदीको कारोबार पनि अधिकै हुन्छ । तिहार नजिकिदै गर्दा सुन चाँदीको कारोबार ह्वात्तै बढेको छ।
यतिबोला हरेक दिन ४० किलोभन्दा बढी सुन र ६सय किलोभन्दा बढी चाँदीको कारोबार भएको गहना व्यवसायीले जनाएका छन्। यसै बेला ब्यवसायीले धनतरेश पर्व मनाउँछन् । त्रयोदशीका दिन चाँदीबाट निर्मित गणेश एवं लक्ष्मीको मुर्ती किन्ने चलन छ।
लक्ष्मीपूजाका लागि कात्तिक कृष्ण त्रयोदशीमा धनमाल जोड्ने चलन छ । त्यसैले यस दिनलाई धनतरेश भनिएको हो । यही बेला ग्राहकलाई आकर्षित गर्न सुनचाँदी ब्यवसायीले आफ्नो पसललाई आकर्षक बनाएर सजाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस