Like us!
Follow us!
Connect us!
Watch us!

सुपर सोकोको नयाँ शोरुम ललितपुर ग्वार्कोमा

अर्थ संसार

सोमबार, ११ असार २०८०, १० : १९ मा प्रकाशित

सुपर सोकोको नयाँ शोरुम ललितपुर ग्वार्कोमा

सुपर सोकोको आधिकारीक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नयाँ शोरुमको उद्‍घाटन गर्नु भएको हो ।

उद्‍घाटनका क्रममा मन्त्री ज्वालाले युवा संचालक द्वय सौगात भट्टराई र नोभेल काफ्लेलाई बधाई तथा शुभकामना दिँदै विद्युतीय सवारीको प्रयोग नेपालका लागी मात्र नभई विश्‍वको लागि नै महत्वपुर्ण र फाइदामन रहेको बताउनु भयो ।

सुपर सोकोका विभिन्न मोडलका रु २,५०,००० देखी ५,५०,००० सम्मका बाईक तथा स्कुटरहरु बिक्रीमा ल्याएको छ । बेट्रीमा ३ बर्ष र मोटरमा २ बर्ष वारेन्टी छ र ग्राहकहरुलाई विशेष छुटको पनि व्यवस्था गरिएको संचालक नोभेल काफ्लेले बताए ।

 

6499181b60186.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको