Like us!
Follow us!
Connect us!
Watch us!

झम्सिखेलमा एथर इलेक्ट्रिक स्कुटरको शोरूम संचालनमा, डिलर बिस्तारमा आक्रामक बन्दै एथर

अर्थ संसार

शनिबार, ०६ माघ २०८०, १९ : ५३ मा प्रकाशित

झम्सिखेलमा एथर इलेक्ट्रिक स्कुटरको शोरूम संचालनमा, डिलर बिस्तारमा आक्रामक बन्दै एथर

वैद्य एनर्जीले एनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम झम्सिखेलमा आज (शनिबार) उद्घाटन गरिएको छ। एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले ललितपुरको झम्सिखेलमा दोश्रो शोरूम संचालनमा ल्याएको हो ।

बिक्रीपछिको सेवालाई केन्द्रमा राख्दै एथरले तिनकुनेमा कम्पनीको पहिलो सर्भिस सेन्टर पनि गत सातादेखि संचालनमा ल्याएको छ।

झम्सिखेलको शोरूम लगत्तै फागुन भित्र पोखरामा पनि एथर इलेक्ट्रिक स्कुटरको शोरूम (एक्सपेरियन्स सेन्टर) संचालनमा आउनेछ भने ४ महिना भित्र चितवन, बुटवल र इटहरीमा पनि संचालनमा आउनेछ।

चाँडै काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा फास्ट चार्जर राख्ने तयारी भइरहेको छ भने काठमाडौं बाहिर (पोखरा, चितवन, बुटवल र इटहरी) शोरूम संचालनसंगै उक्त स्थानहरुमा ४ ओटा फास्ट चार्जर राखिने कम्पनीले जानकारी दिएको छ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहेको छ। स्कुटरको सर्टिफाइड रेञ्ज १५० किलोमिटर भने वास्तविक रेञ्ज भने ११० किलोमिटर भएको बताइएको छ। एथर ग्रिडबाट १० मिनेटमा १५ किलोमिटर रेञ्ज प्राप्त गर्न सकिन्छ भने पोट्रेबल चार्जरबाट साढे ४ घण्टामा ० देखि ८० प्रतिशत चार्ज हुन्छ।

कम्पनी स्कुटरको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर वारेन्टी उपलब्ध गराउँदै आएको छ। यसमा पाँच राईड मोड र्याप, स्पोर्ट्स, राइड, इको र स्मार्टइको रहेको छ। यसले ३.३ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ। अधिकतम गति ९० किलोमिटर प्रति घण्टा छ।

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्।

भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न थालेको कम्पनीको भनाई छ।

65abd49eb70c8.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको