Like us!
Follow us!
Connect us!
Watch us!

याडिया ब्राण्डको विद्युतीय स्कुटर, पुल्चोक नःटोलमा सोरुम

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १७ : २० मा प्रकाशित

याडिया ब्राण्डको विद्युतीय स्कुटर, पुल्चोक नःटोलमा सोरुम

इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरि विक्री सुरु गरेको छ ।

चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि नःटोल, पुल्चोकको सोरुममा उपलब्ध भएको हो । 

कम्पनीले याडिया ब्राण्डको ‘एस लाइक’, ‘जि फाइभ’ र ‘सि वान एस’ गरि जम्मा तीनवटा मोडल बिक्री गरिरहेको छ । उद्घाटन कार्यक्रमलाई लक्षित गरी भारी नगद छुटको समेत व्यवस्था गरिनुका साथै एक्स्चेन्जको सुविधा पनि रहेको कम्पनीका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिए । 

आगामी दिनमा कम्पनीले सर्भिसिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याउने उद्देश्य लिएको छ । इको बिज कम्पनीले सोही स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचना प्रविधिका सम्पूर्ण सामग्रीहरू बिक्री, मर्मत तथा सेवा प्रदान गर्ने उद्देश्यसहित एलायन्स इन्फोटेक प्रालिको नामबाट शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको