Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुस् कुनको कति?

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १५ : ३३ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार १ सय १६ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको