Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा फूलको सट्टा प्लास्टिकको माला (फोटो फिचर)

बुधबार, ०१ कार्तिक २०७४, २१ : ०४ मा प्रकाशित

तिहारमा फूलको सट्टा प्लास्टिकको माला (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–तिहारमा फूलको ब्यापार निकै हुने गर्छ । भाइटिकामा दाजुभाइ, दिदीबहिनीले एक अर्कालाई टिका लगाइसकेपछि माला लगाइ दिने चलन छ । घर सजाउन पनि फूलको मालाको प्रयोग गरिन्छ ।

मुलुकमा पर्याप्त मात्रामा फूल उत्पादन हुँदैछ । यसपालीको तिहारमा झण्डै ११ लाख माला भारतबाट ल्याइएको फूल उत्पादक संघले जनाएको छ ।

फूलको विकल्पका रुपमा प्लास्टिकका मालाको समेत राम्रो ब्यापार हुन थालेको छ । राजधानीको इन्द्रचोकको सडक तिहारका बेला नक्कली फूलको मालाका पसले भरिएका थिए ।

हेर्दा आकर्षक, लामो समय टिक्ने भएकाले यस्ता मालाप्रति सर्बसाधारण आकर्षित हुने गरेका छन् ।

59e8080661e31.jpg 59e80807a4117.jpg 59e8080871fae.jpg 59e808092fab5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको