ईक्रा नेपालले एकैसाथ १२ वटा लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर गरेको छ । इक्राले चार वटा लघुवित्तले रेटिङ डाउनग्रेड गरेको छ भने बाँकी सात वटाको रेटिङलाई सूक्ष्म निगरानीमा राखेको हो।
जीवन विकास, मनकामना स्मार्ट, खप्तड र उन्नती सहकार्य लघुवित्त वित्तीतय संस्थाको रेटिङलाई डाउनग्रेड गरिएको छ। जसअनुसार जीवन विकास लघुवित्तको (इक्राएनपी–आईआर) बीबीबी माइन्सलाई रेटिङ डाउनग्रेड गरेर (इक्राएनपी–आईआर)बीबीप्लस कायम गरिएको छ। उक्त रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम मानिन्छ।
त्यसैगरी मनकामना स्मार्ट, खप्तड र उन्नति सहकार्यको (इक्राएनपी–आईआर)बीबी माइनसलाई डाउनग्रेड गरेर (इक्राएनपी–आईआर)बी प्लस कायम गरिएको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम मानिन्छन्।
इक्राले विगतमा प्रदान गरेको जाल्पा सामुदायिक, समता घरेलु, नयाँ सारथी र उपकार लघुवित्तको (इक्राएनपी–आईआर)बीबी माइनस, अभियान र बिपिडब्लु लुवित्तको (इक्राएनपी–आईआर) बी प्लस र राष्ट्र उत्थानको (इक्राएनपी–आईआर) बीबी रेटिङलाई सूक्ष्म निगरानीमा राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस