Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न इक्रा नेपालले बोलायो साधारणसभा

अर्थ संसार

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : ४० मा प्रकाशित

लाभांश पारित गर्न इक्रा नेपालले बोलायो साधारणसभा

इक्रा नेपाल लिमिटेडले मंसिर ३ गते सोमबार बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको गत भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले एलोफ्ट काठमाडौं, ठमेलमा दिउँसो २ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ५७.३९६०७२२२२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

 साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आवका लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको