Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि म्युचुअल फण्डका ४ वटै योजनाको न्याभ बढ्यो, यस्तो छ लगानीको अवस्था

अर्थ संसार

विहीबार, १४ असार २०८०, १४ : २७ मा प्रकाशित

एनएमबि म्युचुअल फण्डका ४ वटै योजनाको न्याभ बढ्यो, यस्तो छ लगानीको अवस्था

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबि म्युचुअल फण्ड, एनएमबि सरल बचत फण्ड–इ, सुलभ इन्भेस्टमेन्ट फण्ड–२, एनएमबि–५० र एनएमबि हाइब्रिड फण्ड एल–१को वित्तीय विवरण सार्वजनिक भएको हो ।  

हाइब्रिड फण्ड एल–१

जेठमा हाइब्रिड फण्ड एल–१ को न्याभ पनि बढेर ११.४४ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ १०.९१ रुपैयाँ थियो । यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेमा गरी कुल १ अर्ब ८ करोड रुपैयाँ लगानी भएको छ । गत वैशाख कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो । जेठमा उक्त योजनाको कुल आय २ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वैशाखमा यो योजनाको कुल व्यय २ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

सुलभ इन्भेस्टमेन्ट फण्ड–२

जेठमा सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को न्याभ पनि बढेर १०.९२ रुपैयाँ कायम भएको छ। गत वैशाखमा न्याभ १०.०२ रुपैयाँ थियो । यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ७ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म यस्तो लगानी ८८ करोड ७१ लाख रुपैयाँ थियो ।

एनएमबि सरल बचत फण्ड–इ

जेठमा सरल बचत फण्ड–इको न्याभ बढेर ९.२५ रुपैयाँ कायम भएको छ । गत वैशाखमा यो योजनाको न्याभ ८.६८ रुपैयाँ थियो । यो योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल ८९ करोड ८ लाख रुपैयाँ लगानी भएको छ । गत वैशाखसम्म यस्तो लगानी ६९ करोड ७५ लाख रुपैयाँ थियो । जेठमा यो योजनाको कुल आय २ करोड ६८ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल व्यय ३ करोड ७३ लाख रुपैयाँ थियो । जेठमा यो योजनाको कुल आय ११ करोड २२ लाख रुपैयाँ रहेको छ । गत वैशाखमा कुल आय  २२ लाख ६४ हजार रुपैयाँमा सीमित थियो ।

एनएमबि–५०

यसैगरी जेठमा एनएमबि–५० को न्याभ बढेर ११.८३ रुपैयाँ कायम भएको छ । गत वैशाखमा न्याभ १०.७१ रुपैयाँ थियो । योजनाअन्तर्गत जेठसम्म सूचीकृत भएका धितोपत्र र मुद्दति निक्षेपमा कुल १ अर्ब ४१ करोड रुपैयाँ लगानी भएको छ। गत वैशाखसम्म १ अर्ब २३ करोड रुपैयाँ थियो । जेठमा यो योजनाको कुल आय ७ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा कुल व्यय ६ करोड ५९ लाख रुपैयाँ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको