Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्स्ड फण्ड- २ र नबिल फ्लेक्सी क्याप फण्डले गरे लाभांश दिने घोषणा, कसले दिने लाभांश कति ?

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ०९ : ५१ मा प्रकाशित

नबिल ब्यालेन्स्ड फण्ड- २ र नबिल फ्लेक्सी क्याप फण्डले गरे लाभांश दिने घोषणा, कसले दिने लाभांश कति  ?

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा गरिएको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड- २ र नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरिएको हो।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड-२ तर्फ ८  प्रतिशत र नबिल फ्लेक्सी क्याप फण्डतर्फ ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

घोषणा गरिएको  उक्त  प्रतिफल वितरणार्थ योजना व्वस्थापकले ब्यालेन्स फन्ड–२ का लागि असोज ११ गते र फ्लेक्सी क्याप फन्डका लागि भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाइधनीहरुले यी दुई योजनाको लाभांश पाउन योग्य हुनेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको