Like us!
Follow us!
Connect us!
Watch us!

सरकाले कठिन परिस्थितिमा बजेट ल्याएको छ, यो गत वर्षको भन्दा थोरै भएपनि यथार्थपरक छः अर्थविद् प्रा. डा. पुष्कर बज्रचाय

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, ११ : ०९ मा प्रकाशित

सरकाले कठिन परिस्थितिमा बजेट ल्याएको छ, यो गत वर्षको भन्दा थोरै भएपनि यथार्थपरक छः अर्थविद् प्रा. डा. पुष्कर बज्रचाय

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् प्रा. डा पुष्कर बज्रचार्यले सरकाले अहिले ल्याएको बजेट कठिन परिस्थितिमा ल्याएको बताएका छन्  । बिहीबार रिपोर्टर्स क्लब नेपालले संसद्बाट पारित बजेट र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका बारेमा विज्ञहरुसँगको अन्तरक्रिया क्रममा उनले यस्तो बताएका हुन् ।

बजेट गत वर्षको भन्दा थोरै भएपनि यथार्थपरक रहेको उनको दाबी छ । तर, पनि नेपाल सरकार र राष्ट्र बैंकलेसमेत देशको अर्थव्यवस्थामा समस्या छ भन्न नसकेको उनको आरोप छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा केही कुराहरु समावेश गर्न सकेको खण्डमा बजेटबाट आश गर्न सकिने कुरा पनि रहेको उनले बताए । उनले मौद्रिक नीतिमा व्याजदर घट्नु आवश्यक रहेको औंल्याए । 

‘मौद्रिक नीति आउँदैछ । मौद्रिक नीतिले सबैभन्दा पहिला आफ्नो व्याजदर घटाउनुपर्छ । साढे ७ प्रतिशत व्याजदर असाध्यै बढी हो । मैले त्यसलाई हिजोजस्तै पाँचमा झार्नुस् भन्दिनँ । कम्तिमा छ प्रतिशतमा चाहीँ झार्न सक्नुपर्छ,’– उनले भने । 

राजश्वको लागि आलु, प्याजमा समेत भ्याट लगाएको स्मरण गर्दै उनले सरकारले राजश्वका लागि अरु थुप्रै फिस्कल स्पेसकाबारेमा सोच्न आवश्यक रहेको बताए । अहिले बक्यौता रकम धेरै भएपनि राज्यले त्यसतर्फ ध्यान दिन नसकेको उनले बताए । उनले पाँच सय अर्बभन्दा बढी बाँकी वक्यौता रहेको उल्लेख गर्दै उनले निश्चित समय दिएर बक्यौता उठाउन आवश्यक रहेको बताए । साथै, सरकारको डेलिभरी सर्भिस एकदमै छिटो हुन आवश्यक रहेको उनको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको