Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओमा हालसम्म कति पर्याे आवेदन ?

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १२ : ५२ मा प्रकाशित

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओमा हालसम्म कति पर्याे आवेदन ?

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आइपिओमा हालसम्म १९ हजार ९२२ जना आवेदकले ४ करोड ९५ लाख ५४ हजार आवेदन दिएका छन् ।

सिडिएसका अनुसार आज (शुक्रबार) बिहान ११ः०६ बजेसम्ममा उक्त आवेदन परेको हो । कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ताको लागि आइपिओ खुला गरेकोमा ४ लाख ९५ हजार ५४० कित्ताको आवेदन परिसकेको छ । यो आवेदन माग भन्दा २.४९ प्रतिशतले बढि हो । 

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको