अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आइपिओ भर्न तीन दिन बाँकी रहँदा हालसम्म २१ हजार ६६७ जना आवेदकले ५ करोड ३७ लाख २५ हजार आवेदन दिएका छन् ।
सिडिएसका अनुसार आज (सोमबार) बिहान १०ः०४ बजेसम्ममा उक्त आवेदन परेको हो । कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ताको लागि आइपिओ खुला गरेकोमा ५ लाख ३७ हजार २५० कित्ताको आवेदन परिसकेको छ । यो आवेदन माग भन्दा २.७० प्रतिशतले बढि हो ।
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस