Like us!
Follow us!
Connect us!
Watch us!

एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो, केन्द्र र प्रदेश सबैतिर प्रतिपक्षको हैसियतमा

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १४ : ०३ मा प्रकाशित

एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढल्यो, केन्द्र र प्रदेश सबैतिर प्रतिपक्षको हैसियतमा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रायोजनका लागि आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि गरेको प्रस्ताव अस्वीकृत भएपछि कार्की पदमुक्त भएका हुन् ।

बिहीबार बसेको बैठकमा आफूले विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशसभाहलबाट बाहिरिएका मुख्यमन्त्री र केही मन्त्रीहरू बैठकमा नफर्किएपछि हिजो अबेर बैठक स्थगित गर्ने निर्णय भएको थियो।

प्रदेशसभामा आज भएको मतदानमा उनको पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो ।

कोशीमा एमाले नेतृत्वको सरकार ढलेसँगै एमाले केन्द्र र प्रदेश सबैतिर एमाले प्रतिपक्षको हैसियतमा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको