Like us!
Follow us!
Connect us!
Watch us!
सभामुखको भूमिका

कोशी सरकारविरुद्ध एमालेले दर्ता गर्‍यो सर्वोच्चमा रिट, आइतबार पेसी (पूर्णपाठसहित)

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १७ : १२ मा प्रकाशित

कोशी सरकारविरुद्ध एमालेले दर्ता गर्‍यो सर्वोच्चमा रिट, आइतबार पेसी (पूर्णपाठसहित)

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज (शुक्रबार) निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट पवनकुमार निरौलाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रदेश सभाका सभामुख बाबुराम गौतम, मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख पर्शुराम खापुङलाई विपक्षी बनाई दायर गरेको रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गरेकबो नियुक्ति बदर गरी उपधारा ३ अनुसारको सरकार गठनको परमादेश माग गरिएको छ ।

प्रदेश प्रमुखले दाबी पेस गर्न आव्हान गरेपछि बिहीबार ४ दलले सभामुख बाबुराम गौतमलाई समेत जोडेर दाबी पेस गरेका थिए । जून कार्य संविधान र कानून विपरित रहेको ठहर गर्दै प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अदालतमा मुद्धा दायर गरेका हुन् । जसको पेसी यहि आइतबारलाई तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको