Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १६ : ०५ मा प्रकाशित

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि मीनबहादुर गुरुङसहित तीन आरोपितलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 

आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको भन्दै मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि काठमाडौं जिल्ला अदालतले उनीहरूसहित ४ जनालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बुधबार ७ दिनको समय दिएको थियो ।

पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको