Like us!
Follow us!
Connect us!
Watch us!

साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्थाहरु ठूला मिटरब्याजी हुन्ः प्रदीप यादव

अर्थ संसार

आइतबार, १७ असार २०८०, १२ : ५७ मा प्रकाशित

साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्थाहरु ठूला मिटरब्याजी हुन्ः प्रदीप यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रमुख सचेतक प्रदीप यादवले गाउँको साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्थाहरु मिटरब्याजी भएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मिटरब्याजी सम्बन्धमा सरकारले एकतर्फी मात्र भएर बोल्न वा व्यवस्था गर्न नहुने स्पष्ट पारे ।“यो विधेयक पास गर्दा सहकारी, बैंक वित्तीय संस्थाको विषय पनि समावेश हुनुपर्छ,” उनले भने । यादवले विधेयक हतारमा ल्याउनु सरकारको लापारवाही भएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको