Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छुः खानेपानीमन्त्री यादव

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १२ : २२ मा प्रकाशित

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छुः खानेपानीमन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन्।

उनले मेलम्चीका स्थानीयहरुको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए।

मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिए। मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे। मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने आशा रहेको बताए।

अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको उनले बताएका हुन्। उनले बाढी पहिरोले खानेपानीमा मात्रै करिव साढे ३ अर्बको क्षति पुर्‍याएको बताए।

उनले काठमाडौं उपत्यकाका खानेपानी संरचनामँ पनि धेरै क्षति गरेको बताए। महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरुमा क्षति भएको, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताए। उनले विपद् व्यवस्थापनबाट खानेपानी पुनःनिर्माणको काम गर्ने तयारी गरेको बताए।

उनले केही समयपछि क्षति भएका संरचनाहरु पुनर्निर्माण गर्ने बताए। उनले सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने,नयाँ मसिन खरिद गरी काम गर्ने बताए।

उनले भने,’स्थानीयहरुसँग वार्ता चलिरहेको छ। वार्ता सहमतिको नजिकमा छ। मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ। अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो। सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु। वार्ताबाट सहज रुपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरको घरमा नै जान्छु।’

काठमाडौं उपत्यकामा मेलम्चीको पानी दसैंअघि ल्याउने तयारी गरिरहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको