Like us!
Follow us!
Connect us!
Watch us!

एलिजा गौतमले एकाएक लिइन् सक्रिय राजनीतिबाट विश्राम

अर्थ संसार

विहीबार, २१ असार २०८०, १२ : २१ मा प्रकाशित

एलिजा गौतमले एकाएक लिइन् सक्रिय राजनीतिबाट विश्राम

अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की नेत्री एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छिन् । जनताको सेवामा लाग्ने भन्दै पाँच महिनाअघि राजनीतिमा आबद्ध भएकी नायिका गौतमले आज (बिहीबार) फेसबुकमार्फत् स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विदा भएको घोषणा गरेकी हुन् ।

राजनीतिबाट विदा भएतापति उनी आगामी दिनमा समाजसेवामा लाग्ने प्रष्ट्याएकी छिन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि फेसबुकमा उल्लेख गरेकी छिन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएइन् ।

एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । सो पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर  एकाएक चर्चामा आएकी एलिजाको यो निर्णयले पुनः उनलाई एक पटक चर्चामा आएकी छिन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको