Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा लगानीकर्ताले गर्ने सामान्य १० गल्ती

अर्थ संसार

विहीबार, २१ असार २०८०, १४ : ०९ मा प्रकाशित

सेयर बजारमा लगानीकर्ताले गर्ने सामान्य १० गल्ती

'गल्ती'!, गल्ती सबैबाट हुन्छ । भनिन्छ, गल्ती नगर्ने मानिस नै होइनन् वा हुँदैनन् । गोपाल योञ्जनको शब्दसङ्गीतमा नारायण गोपालले एउटा गीतै गाएका छन् नी, 'गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला....'। हाे, जीवनको कुनै न कुनै मोडमा हरेक मानिसबाट जानेर हाेस् वा अनजानमा केही न केही गल्ती भएकै हुन्छ । गल्ती पाठ सिकाउने एउटा आधार पनि हो । आज हामी यहाँ सेयर बजारमा हुने गल्तीहरूको बारेमा चर्चा गर्नेछौँ । 

लगानीका विभिन्न औजारहरूमध्ये एक औजार हो सेयर बजार । सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पूँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो ।  आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदाहरणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

कुनै पनि व्यक्ति संघ तथा संस्थाले सेयर बजारमा लगानी गर्नुभन्दा अगाडि जान्नै पर्ने कुराहरू धेरै हुन्छन् । लगानीकर्ताहरूले गर्ने ससाना गल्तीले गर्दा कहिलेकाहीँ पछि गएर पछुताउनु पर्ने अवस्था सिर्जना भइदिन्छ । 

सेयर बजारमा अधिकांश लगानीकर्ताले गर्ने सामान्य १० गल्ती, जसले सफलतामा अर्थात् नाफा कमाउन बाधा उत्पन्न गर्दछन् ती यस प्रकारका छन् :

१. हल्लाको पछि लागेर लगानी गर्ने

(बजारमा चलेकाे हल्लाकाे भरमा सत्य तथ्य थाहा नपाइ लगानी गर्ने)

२. अपेक्षा 

(पुरा हुन नसक्ने र धेरै अपेक्षा बाेक्ने)

३. अनुसन्धान र अध्ययन नगर्ने

(अध्ययन/अनुसन्धान गर्न समय नदिने)

४. आकर्षण

(अरूकाे कथा सुनेर/देखेर आकर्षित हुने)

५. ऋण लिएर लगानी

(ऋण लिएर लगानी गर्दा तिर्न नसक्ने जाेखिम)

६. योजना र रणनीति नबनाउने

(निश्चित याेजना र रणनीति बनाएर लगानी नगर्ने, सूचनाकै भरमा हाम्फाल्ने) 

७. सबै विश्लेषकलाई अन्धाधुन्ध पछ्याउने

(जस्ता पनि विश्लेषकलाई अन्धाधुन्ध विश्वास गर्ने)

 {सुझाव : सबैको सुन्ने तर आफ्नो गर्ने}

८. अस्थिर लगानी

(कम्पनी छनाेट गर्न नसक्ने, कुन बेला किन्ने कुन बेला बेच्ने थाहा नहुने, हाेल्ड गर्न नसक्ने, लगानी स्थिर नहुने)

९. इन्भेष्टमेन्ट र ट्रेडिङको फरक नबुझ्ने

(दिर्घकालिन लगानी र ट्रेडिङबीचकाे अन्तर/फरक नबुझ्ने)

१०. अनगिन्ती सपना

(धेरै कमाउने सपना देख्ने, बढी लाेभ गर्ने, आफ्नो क्षमता नहेर्ने)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको