Like us!
Follow us!
Connect us!
Watch us!

एसईईको नतिजा हेर्न टेलिकमले ल्यायो ३ विकल्प

अर्थ संसार

विहीबार, २१ असार २०८०, १६ : २८ मा प्रकाशित

एसईईको नतिजा हेर्न टेलिकमले ल्यायो ३ विकल्प

नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिनेछ। 

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिनेछ। यस अनुसार सीधै १६०० डायल गरी प्राप्त निर्देशनअनुसार गरेमा नतिजा थाहा पाउन सकिनेछ। १६०० मा डायल गर्दा प्रतिकल करबाहेक जम्मा रु २ मात्र महसुल लाग्नेछ। दुई मिनेटको समयावधिलाई १ कल मानिनेछ।  

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ। उदाहरणका लागि SEE 12345678A  टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ। १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु। २ मात्र महशुल लाग्नेछ। 

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिनेछ।  नतिजा प्रकाशित भएको केही समयपश्चात यो सुविधा उपयोग गर्न सकिनेछ। यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको