Like us!
Follow us!
Connect us!
Watch us!

माउण्टेन हाइड्रो नेपाल र घलेम्दी हाइड्रोको IPO आउँदै

मंगलबार, ०७ कार्तिक २०७४, ०८ : २५ मा प्रकाशित

माउण्टेन हाइड्रो नेपाल र घलेम्दी हाइड्रोको IPO आउँदै

अर्थ संसार, काठमाडौं– माउण्टेन हाइड्रो नेपाल र घलेम्दी हाइड्रोपार कम्पनीले साधारण सेयर (आइपिओ) निकाल्ने भएको छ ।

यी दुई कम्पनीले साधारण सेयर निष्काशनको लागि धितोपत्रमा निवेदन दिएका छन् । घलेम्दी हाइड्रोले आयोजना प्रभावित स्थानियका लागि ५५ लाख कित्ता आइपीओ जारी गर्न असोज २५ गतेनै बोर्डमा निवेदन दिएको हो ।

सर्वसाधारण ३० र संस्थागत ७० प्रतिशत शेयर स्वामित्व रहने यस हाइड्रोको चुक्तापूँजी रू ५५ करोड रहेको छ । कम्पनीले प्राथामिक चरणमा चुक्तापूँजीको १० प्रतिशत शेयर स्थानियको लागि ल्याउन लागेको हो ।

म्याग्दी जिल्ला स्थित अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा यस कम्पनीले ५ मेगावाटको विद्युत उत्पादनका लागि घलेम्दी खोला जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

त्यस्तै सोही दिन माउण्टेन हाइड्रो नेपालले पनि १२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।

यस कम्पनीले पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानियका लागि उक्त आइपीओ ल्याउने तयारी गरेको हो ।

कम्पनीले पाचथर जिल्लाको फिदिम नगरपालिकामा २१ दशमलव ६ मेगावाटको माउण्टेन जलविद्युुत आयोजनाको निर्माण कार्य गरिरहेको छ । यस कम्पनीमा संस्थागत ८० र सर्वसाधारणतर्फको २० प्रतिशत सेयर  स्वामित्व रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको