कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि.बीच सम्झौता भएको छ । बिहिबार बैंक र क्लिनिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले काठमाडौं वडा नं – ११, त्रिपुरेश्वर स्थित ब्लु बर्ड इन्टरनेशनल क्लिनिक प्रा. लि.ले प्रदान गर्ने डाक्टर परामर्श शुल्कबाहेक अन्य सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस