कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. सँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । आज (बुधबार) यी दुई कम्पनीले सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको हो ।
यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता टीएमएस, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवा मार्फत् आफ्ना ग्राहक महानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस