Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले सन सेक्युरिटिजसँग सम्झौता गरी सार्वजनिक गर्यो ‘फाइभ इन वान सेवा’

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १७ : ५२ मा प्रकाशित

कामना सेवा विकास बैंकले सन सेक्युरिटिजसँग सम्झौता गरी सार्वजनिक गर्यो ‘फाइभ इन वान सेवा’

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. सँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । आज (बुधबार) यी दुई कम्पनीले सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको हो ।

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता टीएमएस, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवा मार्फत् आफ्ना ग्राहक महानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको