Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न

अर्थ संसार

आइतबार, २४ असार २०८०, १० : ४२ मा प्रकाशित

महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो ।

विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरुको निशुल्क दन्त जाँच  गरिएको थियो । शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन् ।

गोकुलगंगा  गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने  र  महिला अधिकार तथा विकास केन्द्रका उपाध्यक्ष उमा भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो  ।शिविरमा दन्त चिकित्सक डा।विजिता गौतम नेतृत्वको टोलिले दन्त परिक्षण गरिएको थियो ।

शिविरको अवसरमा सोही विध्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई खेलकुद र अध्ययन सामाग्री समेत वितरण गरेको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको