Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १५ : १४ मा प्रकाशित

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्य गरेको छ। यस सहयोगमार्फत् ग्राहकहरूलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) सकिनेछ।

आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेछन्। यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। ग्राहकहरूलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी बनाउँदै यो सुबिधा उपलब्ध गराईएको हो।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको