Like us!
Follow us!
Connect us!
Watch us!

IPO निकाल्ने अनुमति पायो राधी विद्युत कम्पनीले, निष्काशन कहिले ?

बुधबार, ०८ कार्तिक २०७४, ०७ : ४९ मा प्रकाशित

IPO निकाल्ने अनुमति पायो राधी विद्युत कम्पनीले, निष्काशन कहिले ?

अर्थ संसार, काठमाडौं– नेपाल धितोप बोर्डले राधी विद्युत कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति पाएको छ ।

धितोपत्र बोर्डले राधीलाई ७ करोड ६४ लाख ५५ हजार बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर (आइपीओ ) निष्कासनका लागि अनुमति दिएको हो ।

यसमा विक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेण्ट बैङ्किङले गर्ने राधी विद्युत कम्पनीले जनाएको छ ।

राधीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ विक्री गरिसकेको छ ।

राधीको अधिकृत पूँजी १ अर्ब ५० करोड र जारी पूँजी रू.४१ करोड रहेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेचेको हो ।

कहिले निष्काशन गर्छ त ?

पहिलो चरणमा स्थानीयवासीलाई आइपिओ निष्काशन गरिसकेको यस कम्पनीले कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत आइपीओ विक्री गर्नको लागि स्वीकृति पाएको छ । स्वीकृति पाएसँगै चाडै निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको