Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा : हकप्रद पारित गर्ने मुख्य एजेन्डा

अर्थ संसार

विहीबार, २८ असार २०८०, ०९ : ११ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा : हकप्रद पारित गर्ने मुख्य एजेन्डा

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले साउन १५ गते हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभा सहित विशेष साधारणसभा डाकेको हो। 

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीमा १०ः६.६ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो। 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत  हकप्रद सेयर जारी गर्दै चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्याउने लक्ष्य कम्पनीले लिएको छ। 

सभामा हकप्रद सेयर पश्चातको पुँजी वृद्धिलाई प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । 

कम्पनीले विशेष सभा आम्रपाली बेंक्वेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु गर्ने सुचनामा खुलाएको छ । 

विशेष साधारण सभामा भाग लिन कम्पनीले साउन ८ गते बुक क्लोज हुनेछ । अर्थात साउन ७ गतेसम्म कारोबार भइ कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् । 

यस अघि एनएलजीलाई हकप्रद सेयर जारी गर्न बिमाको नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिएको थियो। हकप्रद सभाले अनुमोदन गरेपछि निस्काशन अनुमतिका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिनेछ । 

बिमा प्राधिकरणले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी कम्पनीले बोनस सेयरमार्फत पुर्याउने नीति लिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको