Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीकाे हकप्रदलाई विद्युत नियमनकाे अन्तिम स्वीकृति, अब सेबाेन जाने

अर्थ संसार

विहीबार, २८ असार २०८०, १० : ३५ मा प्रकाशित

अरुण भ्यालीकाे हकप्रदलाई विद्युत नियमनकाे अन्तिम स्वीकृति, अब सेबाेन जाने

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति पाएकाे छ ।

कम्पनीकाे वैशाख ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १:१ काे अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे  । कम्पनीकाे असार ७ गते, सम्पन्न भएकाे विशेष साधारण सभाले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव पारित गरेकाे थियाे ।

अब उक्त हकप्रद प्रस्ताव सेबाेनमा निवेदन दिएर त्यहाँबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम मध्येबाट ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि (Equity) को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक सेयरमा लगानी गर्नेछ र बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय यस कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्नेछ ।

सूचना हेर्नुहाेस् :

64af85169b37a.jpg 64af851e0c0a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको