मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट जनतामा स्वास्थ्यको पहुँच सवल र सुदृढ हुन्छ भन्ने कुरालाई आत्मसाथ गरेर ल्याइएको बताएका छन् ।
मधेस प्रदेश सभामा विनियोजन विधेयक माथिको छलफलको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । साथै उक्त मन्त्रालयको बजेट नीति तथा कार्यक्रम अनुरुप नआएको विषयमा उनले जनताको पहुँच र सुदृढ हुन्छ भन्ने कुरालाई आत्मसाथ गरेर ल्याइएको प्रष्ट्याए ।
मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भने,‘मधेस सातवटै प्रदेशमध्ये सबैभन्दा असिक्षित र स्वास्थ्य क्षेत्रमा सबै भन्दा पिछिडिएको प्रदेशको रुपमा सूचिकृत छ । खासगरि मैले सम्हालेको स्वास्थ्य मन्त्रालय छु । यहाँको स्वास्थ्य क्षेत्रको मूलभुत समस्याहरु के छन् र कुन तरिकाले अगाडी बढ्दा हाम्रो प्रदेशको स्वास्थ्य क्षेत्र सवल र सुदृढ हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै यसपालि मधेस प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको बजेट अगाडस् सार्ने कोशिस गरेको छ ।’
फुटकर कुराको विषयमा उठेको प्रश्नमा उनले भने, ‘बार्थिङ्ग सेन्टर निर्माण गर्नका लागि त्यसमा दुईवटा कोठा र एउटा चर्पि निर्माण गर्न २५ लाख रुपैँया सफिसिएन्ट हुन्छ । र, स्तरान्नत्तीको साथै अधुरो योजना पूरा गर्नका लागि कति आवश्यकता पर्छ त्यति मात्र बजेट विनियोजन गर्नुपर्छ भन्ने कुरा आत्मसाथ गर्दै यो मन्त्रालयबाट यसपालि अधुरो र नयाँ गरेर जम्मा चार सय १९ वटा बर्थिङ्ग सेन्टर र स्वास्थ्य संस्था निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ । ती सबै योजना पूर्ण रुपमा सम्पन्न हुनेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस